नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफनै श्रीमतीलाई ज्यान मार्ने उदेश्यले मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योगमा आज मुद्धा दर्ता गरेको छ । महादेवफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकैजसो पिट्ने र यातना दिने गरेको स्थानियको भनाइ छ । नेपालले श्रीमती घिमिरेलाई गए राती ११ः०० बजेको समयमा सुतिरहेको अवस्थामा लात्ती, मुडकी तथा फलामको साबेलले पटकपटक शरीरका बिभिन्न अंगमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए ।

उनका अनुसार घाइते घिमिरेका दाजु किशोर घिमिरेले प्रतिवादी नेपालबिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जानकारी दिएका हुन् । प्रनि पण्डितले किटानी जाहेरी दिएपछि तत्काल जिल्लाबाट खटिएको प्रहरी टोलीले नेपाललाई नियन्त्रणमा लिएको उनले बताए । घिमिरेलाई नुवाकोट अस्पताल प्रालिमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रनि पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!