बुधबार, भाद्र १०, २०७७ || 672  पटक पढिएको

कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी भेला हुन नपाउने, धार्मिक कार्यक्रम, भेला, जमघट, बैठकजस्ता काममा कडाइ गरिरहेका बेला धादिङका जिम्मेवार राजनीतिक दलहरूले भने बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशनका कार्यक्रमहरू गरिरहेका छन्।

जेठ ३१ गते मध्यरातमा कांग्रेसका सभापति रमेश धमलासहित जिल्ला तहका नेताहरूको उपस्थितिमा नीलकण्ठ नगरपालिका–१४ स्थित धुवाँकोटमा बृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्‍यो। मध्यरातको समयमा गरिएको उक्त कार्यक्रममा तीन सयभन्दा बढी सहभागी थिए। त्यसको २० दिनपछि सोही ठाउँमा नेकपाका वाग्मती प्रदेशका नेता रामबहादुर भण्डारी र प्रदेश सांसद डा। रामकुमार अधिकारीसमेत सोही गाउँमा गएर दुई सयभन्दा बढी मानिसको भेला गरी पार्टी छाडेकाहरूलाई फिर्ता बोलाए। धुवाँकोट धादिङको कोरोना संक्रमित देखिएका क्षेत्रमध्ये अति संवेदनशील क्षेत्र हो। सोही ठाउँका तुलबहादुर तामाङ कोरोनाकै कारण ज्यान गएको छ।

त्यस्तै, असार १२ मा नीलकण्ठ नगरपालिका–७ मा नेकपा नीलकण्ठ नगरअध्यक्ष दीपक विश्वकर्माको गाउँबाट नेपाली कांग्रेसले ३५ भन्दा बढी नेता कार्यकर्तालाई कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गरायो। त्यसैको काउन्टरस्वरूप नीलकण्ठ नगरपालिका–७ कै डाडाँगाउँ पुगेर साउन २३ गते प्रदेश सांसद रामकुमार अधिकारीले पनि २२ जना कांग्रेस कार्यकर्तालाई नेकपा प्रवेश गराएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!