नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता नपाउने भएका छन् । उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका हुन् ।विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई असन्तुष्टिहरु बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!