गोर्खालीहरु संसारभर उनीहरुको वीरता र बहादुरीका लागि परिचित छन् र पनि उनीहरुको संघर्ष पछाडीका कथाहरु प्रायःअकथित नै छन् ।

उनीहरु साहसी नायकहरु मत्र होइनन् दयालु व्यक्तिहरु प्नि हुन् । बेलायतको प्रतिष्ठित वीरता पुरस्कार भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खाली स्व.सर्जेन्ट कुलबीर थापाको जीवन गाथामा आधारित चलचित्र ‘गोर्खा बीनीथ द ब्रेभरी’को प्रवर्धनमा खुकुरी रमले सहकार्य गरेको छ ।

यस फिल्मको निर्माण एसएचवाइ प्रोडक्सनले गरेको हो र चलचित्रको निर्देशन एवं लेखन पुरस्कार विजेता निर्देशक प्रदीप शाहीको रहेको छ । चलचित्रको विशेष शो गएको जुलाई महिनामा बेलायत र नेपालमा एकसाथ गर्ने तय गरिएको थियो तर कोभिड–१९को कारण हाललाई प्रदर्शनीको मिति पछि सारिएको छ । यो सहकार्यबाट खुकुरी रमले गोर्खालीहरुको बहादुरी, करुणा र मित्रतालाई अझ प्रकाश पार्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

खुकुरी रमका निर्माता नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने, ‘नेपालको खुकुरी विश्वभर वीरताको प्रतिक मानिन्छ र यही खुकुरी गोर्खालीको शान बन्दै आएको छ । नेपालीको परम्परा बनेको खुकुरी जस्तै खुकुरी रम पनि नेपालको मौलिकएवं परम्परागत स्वादका लागि विश्वका कतिपय देशहरुमा परिचित छ । यो एउटा संयोग नै हो कि साहसीको प्रतिक खुकुरी रम वीरगाथाको कथामा आधारित चलचित्रसँग जोडिन गएको छ, र यो सहकार्यले दुवै पक्षको आकर्षणमा वृद्धि हुने विश्वास लिएको छु ।’

खुकुरी रमले प्रवर्धन कार्यमा सहयोग पु¥याएकोमा आभार व्यक्त गर्दै चलचित्रका निर्देशक एवं लेखक प्रदीप शाहीले भने,‘गोर्खा बीनीथ द ब्रेभरी एक मनोवैज्ञानीक युद्धको चलचित्र हो जुन स्व. सर्जेन्ट कुलबीर थापा भिसिको वास्तविक कथामा आधारित छ । गोर्खा–गाथालाई फिल्मीकरणको ढाँचामा ल्याउने लक्ष्य लिएको यो पहिलो ऐतिहासिक चलचित्र हो । चलचित्र हाम्रा पुर्खाहरु प्रतिको एक समर्पण हो जसले विश्वव्यापी रुपमा बहादुरी तथा वफादारीको विरासत कायम गरेका छन् र हाम्रो उज्ज्वल भविष्यको लागि त्यति धेरै त्याग गरेका छन् ।’

साथसाथै, खुकुरी रमले प्रवासी नेपालीहरुमाझ विश्वभर गरिने प्रिमियरको लागि पनि सघाउने जानकारी पनि निर्देशक प्रदीप शाहीले दिए । खुकुरी रमले लिएको यो कदमले नेपाली चलचित्रको उत्थान र प्रवर्धनमा टेवा पुग्न जाने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!