सुनसरीको रामधुनी नगरपालिका–५ मा मेडिकल पसल चलाउने ४३ वर्षीय पुरुषलाई बन्धक बनाउने २ जनालाई प्रहरीले पक्रेको छ । शुक्रवार साँझ अज्ञात ब्यक्तिले बारम्बार फोन गरेर मेडिकल सञ्चालकलाई लगौनाचोकमा बोलाएर बन्धक बनाएका थिए ।

लगौनाचोकस्थित डायमण्ड कम्प्लेक्समा मेडिकल सञ्चालकलाई ‘शरीर बन्धक’ बनाउने सन्दिप देवान उर्फ समिप मगर र गणेश दर्जी उर्फ डनदाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ‘प्रहरीको इन्सपेक्टर हुँ’ भनेर फोन गरेपछि मेडिकल सञ्चालक भदौ ५ मा साँझ लगौनाचोक पुग्छन् । त्यहाँ भेटिएका २ जनाले उनलाई मनोजकुमार चौधरीको घरको दोस्रो तलाको डायमण्ड कम्प्लेक्समा बन्धक बनाउँछन् ।

बन्धक बनाउने मध्येका गणेश दर्जीले ‘म ईप्रका धरानको इन्सपेक्टर हुँ, तिमीले धरानमा गल्ती गरेका रहेछौ’ भन्दै धम्क्याउँदै ३ लाख रुपैयाँ मागेका थिए । सन्दिप र गणेशले औषधी पसलेलाई ‘भोलिपल्ट ३ लाख २० हजार रुपैयाँ दिनुपर्ने’ शर्तमा नागरिकता, लाइसेन्स र मेडिकल दर्ता प्रमाणपत्र लिएर खाली कागजमा औठाछाप लगाएर छाडेका थिए ।

पक्राउ परेका २ जनालाई आपराधिक लाभ मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!