सोमबार, भाद्र ०८, २०७७ || 685  पटक पढिएको

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत फेरिने भएका छन् । राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले २ नम्बर प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसपा नेपालका सांसद मनिष कुमार सुमनले दिएको जानकारीअनुसार जसपाको २ नम्बर प्रदेशको संसदीय दलको अब चुनिने नेता नै मुख्यमन्त्री बन्नेछन् । अहिलेका मुख्यमन्त्री राउत संसदीय दलको नेता नबन्ने निश्चित् रहेको बुझिएको छ । मुख्यमन्त्री बन्ने दौडमा हालका भौतिक मन्त्री जितेन्द्र सोनलको दौडधुप चलेको छ ।

राउत तत्कालिन समाजवादी पार्टी, नेपालका सांसद हुन् । र, सोनल भने तत्कालिन राजपा नेपालका सांसद हुन् । २ नम्बर प्रदेशमा यसअघि पनि गठबन्धनको सरकार ढल्ने चर्चा चलेको थियो । तर, अहिले दुई पार्टीबीच एकता भएको छ । अब एउटै दलको सरकार बन्ने भएको हो । file photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!