नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ । देशका कयौँ भागमा बन्दाबन्दी ९लकडाउन० र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सभापति देउवाले अग्रपङ्क्तिमा कार्य गरिरहेकाहरूको उच्च सराहना गर्नुभएको छ ।

आइतबार प्रकाशित गर्नुभएको अपीलमा सभापति देउवाले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलले कार्य गरिरहनुभएकोमा हृदयदेखि नै प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीलाई काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्याउन सरकारलाई पनि आग्रह गर्नुभएको छ ।

उहाँले स्वास्थ्यकर्मीहरू र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारहरूलाई सजग पनि गराउनु भएको छ ।
सभापति देउवाले भन्नुभएको छ, ‘‘आजको युद्ध सिङ्गो संसारले स्वास्थ्यकर्मीहरूको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्र्मीहरूको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो ।’’

यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरूसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निर्वाह गरिरहेका सञ्चारकर्मी एवम् सफाइकर्मीहरूलाई हृदयदेखि सम्मान गर्छु, भन्नुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!