सोमबार, भाद्र ०८, २०७७ || 677  पटक पढिएको

कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट नै फरार भएका छन्। नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् ।

उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभएको छ । २०–२५ वर्ष उमेर समूहका दुई युवा आइतबार बिहान २ बजे अस्पतालबाटै फरार भएको उहाँले बताउनुभयो । वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका वीरगन्जको नगुवाका छोटु तिवारी र साविक सर्लाही घर भई हाल वीरगन्जमा नै बस्दै आएका रामु माझी यही साउन १ गते संक्रमित पुष्टि भएका थिए।

त्यही समयदेखि उनीहरुलाई आइसोलेशन हुँदै अस्थायी कोभिड अस्पतालमा नै भर्ना गराएर उपचार सुरु गराइरहेको थियो वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताउनुभयो । त्यही क्रममा उनीहरु त्यहीँबाट फरार भएको र उनीहरुका बिरुद्ध सार्वजनिक मुद्दा चलिरहेको पनि उहाँले बताउनुभयो । फरार युवाहरुको घर लगायत उनीहरु लुक्न सक्ने विभिन्‍न ठाउँमा खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!