आइतबार, भाद्र ०७, २०७७ || 637  पटक पढिएको

चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी ४१ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी विपी कोइराला मोमोरियल क्यान्सर अस्पतालका १७, भरतपुर अस्पतालका १४, चिवतन मेडिकल कलेजमा एक, पुरानो मेडिकल कलेजका तीन जना छन् । त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका एक, सेन्ट्रल अस्पतालका दुई, मनकामना अस्पतालका एक, नारायणी सामुदायिक अस्पतालका दुई र अन्य साना अस्पताल एवं मेडिकलका तीन जना छन् ।

ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने बाहिरी जिल्लाका आठभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यो सङ्ख्या दैनिकरुपमा बढ्दो छ । अन्य रोग लिएर अस्पताल आएकाहरुको उपचारकै क्रममा कोरोनाको सङ्क्रमण देखिएर मृत्यु समेत हुन थालेका छन् । अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन् भन्ने यकिन हुन सकेको छैन ।

जिल्लामा पछिल्लो दुई दिनयता मृत्युपछि दुई जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती दुवै जना मकवानपुरबाट आएका हुन् । उनीहरुमध्ये एक महिलालाई एपेण्डिसाइड र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा.मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत दुई जनामा पनि सङ्क्रमण देखिएको छ ।

यसअघि सोही कलेजमा उपचार गराइरहेका दुई जनामा सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल पठाइएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ । अस्पतालका दुई चिकित्सक पनि सङ्क्रमित भएका छन् । यससँगै ३० जना डाक्टरसहित ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उहाँको भनाइ छ ।

सो अस्पतालमा भारत र सीमा क्षेत्रका बिरामी बढी आउँछन् । पछिल्लो समय अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि सङ्क्रमण नियन्त्रणमा कठिन भएको उहाँले स्वीकार गर्नुभयो । रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउनु हुन्छ । अस्पतालहरुले उपचारमा विशेष सावधानी पु¥याउनु पर्ने उहाँको भनाइ छ ।

कोरोनाका बिरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार उपचार गर्नु पर्ने उहाँले बताउनुभयो । यसरी सङ्क्रमण बढ्दै गएमा उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नै नहुने उहाँको चिन्ता छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपाने कोरोना र अन्य बिरामी एकै ठाउँमा उपचार हुँदा समस्या आएको बताउनुहुन्छ । दुबैथरि बिरामी एकै ठाउँमा उपचार कठिन हुने उहाँको भनाइ छ । यससँगै दिर्घरोगीको मृत्यु हुन थालेको उहाँले बताउनुभयो ।

चितवन मेडिकल कलेजमा एक चिकित्सकसहित १२ जना बिरामी सङ्क्रमित भैसकेका छन् । सबै बिरामी एकै ठाउँमा आउँदा कोरोना भएको यकिन नहुने र उपचार गर्नेले कम तयारीमा नै उपचार गर्दा पनि रोग फैलन गएको उहाँ बताउनुहुन्छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी समुदायबाट अस्पतालमा आयो वा अस्पतालमा सङ्क्रमण फैलिएको यकिन भन्न नसकिने बताउनुहुन्छ । अस्पतालहरुमा कोरोना भएका र नभएका दुबैको उपचार भैरहेको छ ।

तिवारीले कहीँ एउटै अस्पतालमा दुबैथरिका बिरामी उपचार गरेको र कहीँ नगरेको उदाहरण दिनुभयो । पहिले कोरोनाका सबै बिरामी भरतपुर अस्पताल पठाइन्थ्यो । अहिले सरकारले जुन अस्पतालमा सङ्क्रमण देखियो त्यहीँ उपचार निरन्तरता दिने जनाएसँगै जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा बिरामी उपचाररत छन् ।

जिल्लामा अहिले भरतपुर अस्पतालको भरतपुर कोभिड­१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा नमूना परीक्षण भैरहेको छ । सङ्क्रमण फैलिएपछि अन्य रोगका बिरामी सकेसम्म अस्पताल जान छाडेका छन् । जानै पर्ने जटिल बिरामी मात्र अस्पताल जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!