आइतबार, भाद्र ०७, २०७७ || 533  पटक पढिएको

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख पार भएको छ । शनिबार एकैदिन सबैभन्दा धेरै ७० हजार ४ सय ८८ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन ९ सय १८ को मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५६ हजार ८ सय ४६ को मृत्यु भइसकेको छ । यस्तै २२ लाख ७९ हजार ९ सय संक्रमित निकोसमेत भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार १ सय १ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म भारतमा ३० लाख ४३ हजार ४ सय ३६ कोभिड–१९ द्वारा संक्रमित छन् । यहाँ कोरोनाका एक्टिभ केस ७ लाख ६ हजार १ सय ३८ रहेका छन् । भारतमा कोरोनाले सबैभन्दा धेरै महाराष्ट्रलाई प्रभावित पारेको छ । यहाँ ६ लाख ७१ हजार ९ सय ४२ संक्रमित छन् भने २१ हजार ९ सय ९५ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा राज्यमा कोरोनाका १४ हजार ४ सय ९२ नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७ को मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!