शनिबार, भाद्र ०६, २०७७ || 964  पटक पढिएको

सुशान्त सिंहको आत्महत्या प्रकरणमा सीबीआईले तिव्र रुपमा जाँच गरिरहेको छ । पहिलो दिनबाटै कुनै कुनै रहस्य पत्ता लाग्दै आएको छ । आज एक ठुलो कुरा बाहिर आएको छ जुन कुरा सुशान्तको ताला फोर्ने व्यक्तिले गरेका हुन् । मोहम्मद रफि शेख नामका चाबीवालाले सुशान्तको कोठाको ताला खोलेका थिए । रफि शेख १४ जुनमा सिद्धार्थ पिठानीले फोन गरेकाले सुशान्तको फ्ल्याटमा पुगेका थिए । तर उनलाई उक्त फ्ल्याट सुशान्त सिंहको भनेर थाहा नभएको बताएका छन् ।

चाबीवालाले अभिनेताको घरको ताला कसैले लगाएको छ भनेर सिद्धार्थ पिठानीको फोन आएपछि आफु गएको र ताला तोडेर आफुलाई फर्काइएको बताएका छन् । तर उनले भित्र को कलाकार छन भन्ने चाही आफुलाई कसैले नभनेको बताए ।

उनले सुशान्तको कोठामा कम्प्युटराइज ताला भएको र आफुले ताला तोड्नको लागि हथौडा र चक्कुको प्रयोग गरेको जानकारी दिएका छन् । ताला तोड्ने क्रममा ४ जना मानिसहरु भएको पनि र आफुलाई ताला तोडेपछि तुरुन्त जान भनेपछि आफु फर्किएको बताएका छन् ।

मोहम्मदले ताला तोडेपछि आफुलाई भित्र हेर्न नदिएको र त्यहाँ उपस्थित मानिसहरु कोहि पनि नआत्तिएको पनि बताएका छन् । मुम्बई प्रहरीले उनीसँग सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!