शनिबार, भाद्र ०६, २०७७ || 1440  पटक पढिएको

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय हामीले सुन्ने गरेका नै छौ । श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौ ।

तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा बसोबास गर्दै आएका ६० वर्षीया वृद्ध ललमोहन महतोले आफुनै श्रीमतीको राजी खुशीमा दोस्रो विवाह गरेका हुन् ।

अझै रोचक विषयको कुरा त तब बन्यो जब ६० वर्षका वृद्धले २३ वर्षकी युवतीसँग दोस्रो विवाह गरे । जेठी श्रीमती सरला महतोको कोखबाट छोराले जन्म नलिएपछि दुई दम्पत्तीले दोस्रो विवाह गर्ने निर्णय गरेका हुन् । सरलाबाट दुई छोरी छन् । छोराको चाहानाले नै ललनमोहनले २३ वर्षीय चेती महतोलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका हुन् ।श्रीमतीले नै दोस्रो विवाह गरिदिए पछि सो विवाह हेर्न आउनेको भिड लागेको खबर समाचार पत्रले उल्लेख गरेको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!