बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको घटना अहिलेसम्म सेलाएको छैन । उनको आत्महत्याको केस चेकजाँचको लागि गत बुधबार सीबीआईलाई जिम्मा दिएको छ ।
सीबीआईको विशेष अनुसन्धान टिम (एसआईटी) मुम्बई पुगेको छ ।
यसका साथै, सुशान्तको आत्महत्या प्रकरणमा रिया चक्रवर्ती र फिल्म निर्माता महेश भट्ट पनि निकै चर्चामा आएका छन् ।
उनीहरुको ह्वाट्सएममा भएको कुराकानी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरुबीच २०१८ मा मजबुत सम्बन्ध थियो । यसै वर्ष रियाले महेश भट्ट उनको जीवनमा निकै महत्त्व राख्ने बताएकी थिइन् ।
रिया चक्रवर्तीले महेश भट्टसँगको सम्बन्धको बारेमा धेरै पटक खुलासा गरेकी छिन् । सन् २०१९ मा महेश भट्टको ७० औं जन्मदिनमा गोप्य तस्बिर शेयर गरेकी थिइन् ।
उनले तस्बिरमा लेखेकी थिइन्, ‘मेरो बृद्धा जन्मदिनको शुभकामना । सर, तपाईँले मलाई मायाले सम्हाल्नुभयो । तपाईंले मलाई माया दिनुभयो । तपाईंले मलाई उड्नलाई पखेटा दिनुभयो ।’ उनी यो पोष्ट्पछि ट्रोलको शिकार भएकी थिइन् ।
भाइरल भएपछि रियाले तस्बिर शेयर गर्दै उनले फिल्म ‘अमर प्रेम’ को एउटा गीत, ‘तिमी को हौँ ? तिम्रो नाम के हो ? सीता पनि यहाँ बदनाम भइन् ।’ लेखेकी थिइन् । यसका साथै, रियाले ट्रोलले निकै चिन्तित भएको खुलासा गरेकी थिइन् ।
उनले महेश भट्टसँग बाबु र छोरीको सम्बन्ध भएको खुलासा गरेकी थिइन् ।