शनिबार, भाद्र ०६, २०७७ || 645  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद लगभग अन्त भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो । विवाद अन्तलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । उनले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।

ओलीले विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कार्यदल बनाएर सचिवालयबाट अनुमोदन समेत गराए । कार्यदलमा रहेकाहरुमध्ये अधिकांश उनको खरो आलोचक थिए । जसमध्ये स्थायी कमिटी सदस्य भीम रावल पनि थिए । सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाल पनि उनका अलोचक हुन् । शंकर पोखरेल ओलीका प्रीयपात्र हुन् । अब यीमध्येबाट अधिकांश मन्त्री बन्ने चर्चा चलेको छ । विरोधीलाई चुप लगाएका ओलीले मन्त्रीको आशा देखाएर एकजुट भएका राजीनामा पक्षधरलाई तितरबितर समेत पारेका छन् ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् । कतिपयले ओलीलाई नचिढ्याउने बरु उनका निकटस्थसँग भेटेर मन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका छन् । मन्त्री बन्ने लबिङ खुबै चलेको छ ।

यसपटक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमले समेत कोटा पाउने छन् । उनीहरुको कोटाबाट मन्त्री बन्दा पनि ओलीको समर्थन विना असम्भव हुन्छ । त्यसैले उनीहरु गुटमा मिलाएर ओलीको साथ पनि खोज्न लागिपरेका छन् ।

प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । बरु पम्फा भुषाललाई मन्त्री बनाउन प्रचण्ड तयार देखिएका छन् ।

माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ । दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । झलनाथ खनालले पनि सुरेन्द्र पाण्डेलाई बढाउने भएकाले उनको सम्भावना बलियो रहेको छ ।

बामदेव गौतमले योगेश भट्टराई र घनश्याम भुषाललाई निरन्तरता दिनुपर्ने प्रस्ताव लाने तयारी गरेका छन् । उनलाई पनि राष्ट्रियसभामा लगेर मन्त्री बन्न प्रस्ताव छ । तर, कानुनी अड्चन आउने भएकाले गौतम पार्टीको काम गर्ने पक्षमा छन् । गौतमको कोटाबाट उनकी पत्नी तुलसा थापा पनि मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

मन्त्री बन्ने दोडधुप चलिरहँदा ओलीले अझै केही समय लिने बुझिएको छ । कार्यदलको खाकाबाट सबै कुरा मिलेर पाँच वर्ष प्रधानमन्त्री बन्ने सुनिश्चित भएपछि मात्र ओलीले पुर्नगठन गर्ने बुझिएको छ ।

मुख्यमन्त्रीमा पनि एक या दुईजनाको हेरफेर हुनसक्ने बुझिएको छ । ३ नम्बर प्रदेशमा डोरमणि पौडेलको साटो अष्टलक्ष्मी शाक्यको सम्भावना बलियो छ । प्रदेश १ मा पनि शेरधन राईको साटो भीम आचार्य आउनसक्ने सम्भावना छ । यसरी ओलीले माधव नेपाल र झलनाथ खनाल दुवैलाई चुप लगाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!