शुक्रबार, भाद्र ०५, २०७७ || 832  पटक पढिएको

मुलुकको नोट र सिक्का छाप्ने तथा निश्कासन गर्ने संस्था हो नेपाल राष्ट्र बैंक । मुलुकभरका बैंक तथा वित्तीय संस्थाको नियमन पनि यसैले गर्छ । बेलाबखत अशुद्ध छापिएका नोट र सिक्काहरू पनि बजारमा आउने गरेका छन् । विगतमा यस्तो काम थोरै देखिन्थ्यो भने अहिले धेरै हुन थालेको छ । विज्ञता र अनुभवलाईभन्दा खर्च कटौतीमा जोड दिएर आउट सोर्सको पछि लागेपछि मौद्रिक निकायको उपल्लो संस्था सँधै विवाद र चर्चामा आउन थालेको हो । आफ्नो आन्तरिक र बैंक तथा वित्तीय संस्थाहरूले समेत प्रयोगमा ल्याउने बैंकको यो वर्षको क्यालेण्डरमा पनि गम्भीर कमजोरी भेटिएको छ ।

सबैलाई विदेश भ्रमण,पाँचतारे होटलमा कार्यक्रम र खानपिन तथा सुख सुविधाको मोह जागेपछि साधारण काममा कसैले पनि ध्यान नदिएको परिणाम हो बैंकले निकालेको यो वर्षको क्यालेण्डर । भदौ महिनाको पातोमा अगष्ट महिनाको १९ तारिख नै नराखी छापिनु कतिसम्म गैरजिम्मेवारी होला ?

अनि जिम्मेवारीचाँहि कसले लिने होला ? एकजना पूर्व गभर्नर भन्छन् ‘बोकाले दाईं गर्न खोजेपछि एकाध वर्षदेखि केन्द्रीय बैंकको हैसियत, क्षमता र प्रतिष्ठा धमिलो हुँदै गएको छ । यो वर्षको क्यालेण्डर त्यसैको गतिलो उदाहरण हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!