कोभिड १९ को यो महामारीमा पनि सक्रिय रुपमा समाजमा विभिन्न सचेतना अभियानहरु लिएर अगाडि बढेको आरम्भ नाट्य डबली रतुवामाईलाई रतुवामाइ जेसिसका अध्यक्ष साथै यूवा समाजसेवी निलम खड्काले माक्स तथा सेनेटाईजर सहयोग गरेका छन । उनले यस महामारीमा पनि आरभले समाजमा एउटा संस्थाले खेल्नुपर्ने महत्पुर्ण भुमिका निर्वाह गरेकोमा आफु प्रसन्न भएको भन्दै आरम्भ नाट्य डबली रतुवामाईका अध्यक्ष समिर सुवेदीलाई आफ्नै निवासमा आठ सय थान सर्जिकल माक्स साथै सेनेटाईजर हस्तान्तरण गरेका हुन ।
उनले प्रत्यक्ष रुपमा नभएपनि सामाजिक संजालमार्फत आरम्भका कार्यक्रमहरु नियाल्दै आएको जानकारी गराउदै आगामि दिनमा पनि यस्ता नविन कार्यमा अगाडि बढ्न सल्लाह र सुझाव समेत प्रदान गरेका छन । खड्काले यस्ता कार्यमा सहयोग गर्न पाउदा आफुलाई खुसि महसुस भन्दै आगामि दिनमा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन । आरम्भले लकडाउनका समयमा समाजमा सुरक्षित तरिकाले माक्स तथा सेनेटाईजर वितरण, विपन्नहरुलाई खाद्यसामाग्री वितरण लगाएत विभिन्न सचेतनामुलक कार्यक्रम निरन्तर अगाडि बढाईरहेको छ ।