मोरङका खुल्ला सिमानाबाट लुकी छिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएकोछैन ।
नेपालको मोरङ र भारतको अररिया जिल्ला जोड्ने सिमामा कुनै पनी किषिमको तार बार अथवा र्पखाल छैन । सिमा सुरक्षा बल)एसएसवी)ले सिमा क्षेत्रमा नेपाली सुरक्षा फौज तैनाथ गरेको छ । उत्ता भारतले पनि सुरक्षा फौज तैनाथ गरेका गरेको छ ।
कोरोनाकोसंक्रमण भारतमा बढदै गएपछी रोजगारकालागी भारत गएका नेपालीहरु उखुवारीको बाटो प्रयोगर्दै नेपाल प्रवेश गर्ने गरेका स्थानीयले बताएका छन ।
भाईरसको संक्रमणले बेरोजगार भएका मुख्य नाका बाट नेपाली स्वदेश फर्कीदा १४ दिन क्वरेनटाईनमा बस्नु पर्ने स्वास्थ्य चेक जाँच गर्नुपर्ने लगायतका झन्झटिलो प्रक्रीया भएकाले उनिहरु भागेर आउने गरेका छन । तर ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक दिपक थापका सिमा नाका कडाई गरेकाले कोहि पनि नेपाल प्रवेश नगरेको दावी गर्छन ।
तर स्थानीय बासी खुल्ला सिमानाका कारण भारतीय संक्रमीतहरुले नेपालमा कोरोना फैलाउन मदत गरेको बताईरहेका छन ।
प्रदेश १ मा ४२ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिए । जसमध्ये १३ महिला र २९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा नौ, उदयपुरमा तीन, धनकुटा र झापामा एक–एक, प्रदेश १ बाहिरका छजनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको छ ।
प्रदेश १ बिहीबार १८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चारजना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बिहीबार एक हजार पाँच सय सात पीसीआर परीक्षण भएको छ । हालसम्म ७३ हजार पाँच सय ५३ वटा पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।