जुम्लाको हिमा गाउँपालिका वडा नं ६ निवासी सूर्य अधिकारीको यात्राका लागि एक मात्र सहारा ह्वीलचेयर छ । उहाँको गाउँबाट सदरमुकाम पुग्न १८ किलोमिटरको कच्ची बाटाकाे यात्रा तय गर्नुपर्छ । हिमा गाउँपालिकाको कतिपय काम गर्न उहाँ साताको एकदिन सदरमुकाम आउने जाने गर्नुहुन्छ । उहाँको यात्रा ह्वीलचेयरमै हुन्छ । गाउँपालिकादेखि नाग्मसम्म नौ किलोमिटर र फर्कन नौ किलोमिटर यात्रा उहाँले ह्वीलचेयरमा गरेको देखेपछि कतिपय स्थानीय छक्क पर्छन् ।

उहाँ जुम्लाको हिमा गाउँपालिका पञ्जीकरण विभागमा कार्यरत हुनुहुन्छ । सदरमुकाम आउनुपर्ने नाग्मसम्म सार्वजनिक गाडी त पाइन्छ तर कतिपय सार्वजनिक गाडीले ह्वीलचेयर चढाउन नमान्ने, चढे पनि बस्न, ओर्लिन र ह्वीलचेयर राख्न असजिलो हुने भएकाले अधिकारीको यात्रा ह्वीलचेयरमै हुने गरेको बताउनुहुन्छ ।

झन यो बेला लकडाउन भयो । गाडी पाउने कुरा भएन, एक दुई पटक त गाउँपालिकादेखि सदरमुकाम ४१ किलोमिटर ह्वीलचेयरमा यात्रा गरेको दुःख उहाँले प्रकट गर्नुभयो । तर आफूलाई केही नलाग्ने सङ्घर्ष गरेरै हिँड्ने भएपनि कहिले बाढी पहिरो र खोला बढेपछि हैरान हुने गरेको उहाँ बताउनुहुन्छ ।

जन्मजात पोलियोको समस्या भएका सूर्य अधिकारीको दुवै खुट्टा चल्दैन । त्यसैले सारथिको रुपमा ह्वीलचेयर हो । अस्थायी बसोबास भएको हिमा गाउँपालिकाको कार्यालय जुगाँडखोलाबाट जुम्ला सदरमुकामको यात्रा उहाँले तय गरेपछि जुम्ला र कालीकोटको सीमामा रहेको महावैपाथरखोलाको खोला निकै बढेको थियो । मोटरसाईकलसमेत हिँड्न नसक्ने अवस्थामा रहेको सो खोलामा कठिन अवस्थामा ह्वीलचेयरमा हिँड्न बाध्य हुदा झण्डै जोगिनुभएको छ ।

‘धन्न बाँचियो, खोला बढेको रहेछ, नाग्म गमगडी राजमार्गको सो क्षेत्रमा पुल निर्माण हुन नसकेका कारण गाडी, मोटरसाइकल यात्रुहरूलाई त कठिन हुने नै भयो । तर पैदल यात्रुलाई समेत सास्ती दिने गरेको छ । कयौँ दिन घर जाने क्रममा हिलोमा डुबाएर ह्वीलचेयर डुबेर हैरान भएको छ ।’ उहाँले गुनासो गर्नुभयो ।

समयमै सो खोलामा पुल निर्माणमा जोड नदिँदा सूर्य जस्तै कयँF यात्रुलाई हैरान बनाएको हो । खोला मात्रै होइन, हिमा गाउँपालिकाको एक किलोमिटर सडक ग्राभेल नहुँदा ठूला ठूला खाल्डा र हिलो, बर्खामा धुलोले ह्वीलचेयर गुडाउन कठिन भएको सूर्यले बताउनुभयो ।

नाग्म गमगडी राजमार्गको नाग्मदेखि हिमा गाउँपालिकाको भुगोलपाटासम्म ग्राभेल गर्ने जिम्मा लिएका निर्माण कम्पनीले यस वर्ष पनि काम पूरा नगरेपछि पर्यटकलाई समेत हैरान बनाएको छ । गाउँपालिका नजिकैको सड्कमा करिब एक किलोमिटर हिलो र धुलोले डुबाउँछ तर सङ्घीय सरकारले विनियोजन गरेको बजेटको काम नहुने र स्थानीय सरकारले राख्न नमिल्ने समस्या गाउँपालिकाका अधिकारी बताउँछन् ।

हिमा गाउँपालिकाले एक पटक १० लाख रुपियाँ विनियोजन गरी खाल्डा र हिलो पुरेको थियो तर महालेखा परीक्षकको कार्यालयले बेरुजु निकालिदिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले गुनासो गर्दै आउनुभएको छ ।

खोलामा पुल नबन्दा कुनै दिन दुर्घटना हुन सक्ने डर भएको स्थानीय अपाङ्गता भएका व्यक्ति रामकृष्ण न्यौपानेले जानकारी दिनुभयो । उहाँले पनि स्कुटी डुबेर धन्नै बचेर आएको बताउनुभयो । सो क्षेत्रमा लकडाउनले काम ढिला भएको सड्क डिभिजन कार्यालयका ईन्जिनियर दीपक विकले जानकारी दिनुभयो । सड्क राम्रो भइदिएको भए ह्वीलचेयरको यात्रासमेत राम्रो हुने थियो । यसमा पनि आफैँ चल्ने ह्वीलचेयरको खोजीमा रहेको अधिकारीले थप्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!