चितवन,

सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई अज्ञात समूहले आक्रमण गरेको छ। चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन्।

शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ। केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

सामाचार -अन्नपूर्ण अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!