हिपमत डटकम
धनुषा, पौष २७ : मिथिला नगरपालिकाकाे औरही खोलामा भइरहेकाे अवैध बालुवा, गिट्टी उत्खननकाे विराेध गर्ने युवा अभियन्ता ‘ओमप्रकाश’ भनिने दिलिपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचिएकाे प्रहरीले निष्कर्ष निकालेकाे छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशाेधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।
शुक्रबार बिहान बालुवा उत्खनन भइरहेको छ भनि अभियन्ता दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा सुनियोजितरुपमा बोलाइ कुटपिट गरी हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएकाे धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयाे
उहाँले भन्नुभयो, ‘अवैध बालुवा, गिट्टी उत्खनन गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको थियाे । त्यसकाे समाधानका लागि योजनाअनुसार रोशनमार्फत दिलिपलाई बिहानै ४ बजे खोलामा बाेलाएर आरोपितहरुले कुटपिट गरी सिकिस्त बनाएकाे, फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेकाे र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो ।’
घटनापछि स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याससमेत प्रहार गरेकाे थियो ।
प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्राेशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ ।
पोष्टमार्टमपछि पीडित परिवारले शव बुझिसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!