२ दिन अगाडी मात्र नेपालको राष्ट्रिय झण्डा एक म्युजिक भिडियोमा जलाएको दृश्यले देशभरी नै तरंग ल्यायो उक्त घटनाको बिरोध मधेश र पहाड दुबैमा भयो दुबै भुगोलमा बसोबास गर्ने आम नेपालिको मन यश घटनाले दुख्यो तर न्युज २४ को एक कार्यक्रममा मधेशलाई लक्षित गर्दै यो नेपालको पहिलो घटना नभएर मधेशमा यश अघि कयौ पटक नेपालको राष्ट्रिय झन्डा जलाएको समाचार प्रशारण गरेपछी जसपा नेपालका युवा नेता राकेश रोशन यादबले उक्त टेलिभिजन कार्यक्रमप्रती बिरोध जनाउनु भएको छ।
एउटा राष्ट्रिय मिडियाले मधेश र पहाडमा द्वन्द्व प्रैदा हुने खालको सामाचार सामाग्री प्रशारण गर्नु हुदैन यो मधेशको अपमान हो यो हामी कदापी पनि सहन गर्न सक्दैनौ यादबले हिपमत डटकमसंग आफ्नो बिचार साझा गर्नुभयो।

न्युज २४ ले पटक पटक मधेशको बदनाम गर्ने खालको सामाचार र कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ।यो सारा मधेशको अपमान हो नेताले यादबले बताउनु भयो।न्युज २४ ले पटक पटक गल्ती गरेर माफी माग्दै आएको छ यश पटक न्युज २४ लाई मधेशको जनताले माफ गर्दैन यो माफी लायकको काम होईन ।न्युज २४ बिरुद्ध हामी प्रेस काउन्सिलमा उजुरी हाल्ने तयारिमा छौ यादबले आक्रोसित हुँदै भन्नू भयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!