बुधबार, भाद्र ०३, २०७७ || 944  पटक पढिएको

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन सम्बन्धमा केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआइ)ले अनुसन्धान गर्ने सर्वोच्च अदालतको फैसलालाई विहार प्रहरीका महानिर्देशक गुप्तेश्वर पान्डेले स्वागत गर्दै अन्यायमाथि न्यायको जित भएको बताएका छन् ।

पान्डेले भनेका छन्, अदालतको फैसलाले बिहा्र सरकार र राज्यले प्रहरीको यस विषयमा गरेको काम सहि थियो र कानुनी हिसाबले भएको थियो । यति मात्र नभएर उनले रियालाई निशाना बनाएर चक्रवर्तीको बिहारको मुख्यमन्त्री नीतिश कुमारमाथि कमेन्ट गर्ने औकात नभएको बताएका छन् । पान्डेले मिडीयासँग कुरा गर्दा भने अन्यायमा न्याय, सत्य र प्रजातन्त्रको जीत हो यो जीत बिहार सरकारको र सुशान्तको परिवार मात्र नभएर पुरै भारतको जीत भएको हो, जो सुशान्तलाई न्याय दिलाउन लडिरहेका छन् ।

उनले अगाडि भने, बिहार सरकार र प्रहरीले जे ग¥यो त्यो कानुनी रुपमा सहि थियो, यसलाई सर्वोच्चले सिबिआई जिम्मा दिएर राम्रो गर्यो । यसअघि मुम्बईको प्रहरीले कुनै गडबड गर्न लागेको र केहि लुकाएको हुनसक्ने अनुमान धेरैले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!