शनिबार, पौष २६, २०७६ || 2660  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ , २६ पौष :ब्रेन गेम
हामीमध्ये धेरैजना यौनलार्ई शारीरिक क्रिया मान्दछौं, तर यसमा शरीरभन्दा बढी भूमिका मस्तिष्कको हुन्छ । मस्तिष्कको केही भाग यौन गतिविधिमा महत्वपूर्ण भूमिका हुन्छ । यहाँ अन्तरंग पहलहरूका लागि चाहना जन्मन्छ । यदि कुनै कारणवश यी भाग प्रभावित हुन्छ भने यसबाट व्यक्तिको यौनचाहना प्रभावित हुन्छ । यदि केही समयदेखि तपाईं पनि अन्तरंग पहलहरूबाट टाढा रहनुभएको छ र तपाइंको मन पार्टनरसित ती क्षण बिताउने चाहना गर्दैन भने चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

उमेरसित सम्बन्ध

प्रायः गरी बढ्दो उमेरसँगै यौन इच्छा घट्छ भन्ने आमधारणा पाइछ तर त्यसो होइन । कैयन अध्ययनबाट यो प्रमाणित भएको छ कि बढ्दो उमेरसँगै महिलाहरू अझ राम्रो सेक्स पार्टनर सावित हुन्छन् । तिनको फर्टिलिटी कम हुन्छ तर ती विशेष पलको चाहनामा कमी आउँदैन । विशेषज्ञहरूका अनुसार मेनोपजपश्चात् महिलाहरूमा गर्भ रहने डर समाप्त हुन्छ, जसका कारण उनीहरू अन्तरंग पललार्ई अझ राम्रोसँग इञ्जोय गर्न सक्छन् ।

स्ट्रेट र सेक्स

तनावको प्रभाव महिला र पुरुष दुवैलार्ई फरक रूपमा पर्छ । तनावले महिलाको यौन जीवनमा नकारात्मक रूपमा प्रभाव पार्छ, जसका कारण उसको सम्बन्ध प्रभािवत हुन्छ । यसैले स्ट्रेसबाट टाढा रहनु आवश्यक छ । स्ट्रेस कम गर्न दिनभरिमा कमसे कम एउटा काम आफ्नो रोजाइअनुरूपको गर्नु जरुरी छ । २४ घण्टामा केही समय मात्र आफ्ना लागि निकाल्नुपर्छ र इच्छाएको कुरा गर्नुपर्छ । आफू रिल्याक्स भए मात्र पार्टनरसितको अन्तरंग सम्बन्ध आनन्दमय हुन्छ ।

औषधिको प्रभाव

कैयौं पटक औषधिका कारण कामेच्छामा कमी आउँछ । यदि तपाईं कुनै रोगका कारण औषधि सेवन गर्दै हुनुहुन्छ र केही समयबाट अन्तरंग सम्बधको आनन्द महसुस नभएको जस्तो लाग्छ भने वा अन्तरंग सम्बन्धबाट चाहना हटेको महसुस हुन्छ भने यसबारे शीघ्र चिकित्सकसित सल्लाह लिनु जरुरी छ । यो औषधिकै प्रभाव भएकाले उक्त औषधि परिवर्तन गर्नु राम्रो हुन्छ । केही वर्ष कन्ट्रेलपिल्स, ब्लड प्रेसरको औषधिले पनि यौनप्रतिको रुचिमा नकारात्मक प्रभाव पार्छ । अतः चिकित्सकको सल्लाह जरुरी हुन्छ ।

डायटमा फोकस

केही यस्ता खानेकुरा हुन्छन् जसले तपार्इंको मुड राम्रो गरी कामेच्छा बढाउँछ । जस्तै ः स्ट्रवेरी, ब्लुबेरी, वाटरमेलन, एवोकाडो, चना, मह आदि । अतः आफ्नो बोरिङ यौन जीवनमा रोमाञ्चकता भर्न डायटमा यी खानेकुरा समाबेस गर्नु आवश्यक छ । सेक्स ड्राइभमा कमीलार्ई अधिकांश महिला गम्भीरतापूर्वक लिँदैनन् । यो समयसँगै आफैं सामान्य हुने कुरा होइन । अतः यसले वैवाहिक जीवनमा प्रभाव पार्छ । त्यसैले यस विषयमा सतर्क रहनु र समयमै उपचार गराउनु राम्रो हुन्छ ।

योग फोर सेक्स

योगले व्यक्तिलार्ई फिट एन्ड फाइन मात्र राख्दैन । केही पोजिसनले कामेच्छालार्ई पनि बढाउँछ । विज्ञहरूको सल्लाहअनुरूप केही विशेष योगाभ्यास गर्नु राम्रो हुन्छ, तर यसको निरन्तरता र नियमितताले मात्र प्रभावकारी परिणाम दिने कुरा बिर्सनु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!