बुधबार, भाद्र ०३, २०७७ || 840  पटक पढिएको

पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रनाउ हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!