मालीका राष्ट्रपति इब्राहिम बाउबकस केइटाले पदबाट राजीनामा दिएका छन् । सैनिकले नियन्त्रणमा लिई उनलाई राजीनामा दिन वाध्य पारेको हो । सैनिक नियन्त्रणमा परेपछि उनले सरकार र संसद बिघटन गरी राजीनामाको घोषणा गरेका हुन् । टेलिभिजन मार्फत् केइटाले आफूले पदका लागि रक्तपात नचाहेको बताएका छन् । राष्ट्रपति केइटा र प्रधानमन्त्री बोउबोउ सिसेलाई राजधानी बामाको नजिकै सैनिक क्याम्पमा लगिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले यसअघि फ्रान्स र क्षेत्रीय शक्तिहरुको आलोचना गरेका थिए । अफ्रिकाका अधिकांश क्षेत्रहरुमा फ्रान्सको प्रभाव छ । सैनिक विद्रोहमा काटी क्याम्पका उपप्रमुख कर्णेल मालिक डिया र जनरल साडियो कमाराले नेतृत्व गरेका थिए । विद्रोहीले राजधानी प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!