बुधबार, भाद्र ०३, २०७७ || 983  पटक पढिएको

सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल लाई तोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रवित्रिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलको सदस्यमा नियुक्ति गरेको थियो ।

भण्डारी विगत २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आउनुभएको थियो । झापा भद्रपुर नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आउनुभएको छ ।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तह उत्र्तिण गर्नुभएका उहाँ कानून व्यवसायी रहनुहुन्छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको सचिव र सञ्चारिका समूह पश्चिमाध्चलको अध्यक्ष रहनुभएको छ । यसैगरी काउन्सिलको सदस्य पदमा पत्रकार दीपक पाण्डेले नियुक्ति हुनुभएको छ ।

पत्रकार महासङ्घको केन्द्रीय सदस्य तथा लेखा संयोजक रहिसक्नुभएका पाण्डे दृष्टि साप्ताहिक, प्रकाश साप्ताहिकको सम्पादकको रुपमा काम गरिसक्नुभएको छ । उहाँ हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारको रुपमा रहनुभएको छ । पाण्डेको सोमबार काउन्सिलमा सपथ ग्रहण गरिसक्नुभएको खबर आजको समाचार पत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!