मंगलबार, भाद्र ०२, २०७७ || 713  पटक पढिएको

रंगेली नगरपालिकाको जनता क्यापसमा स्थापना भएको आईसोलेसन मा साउन २५ गते पहिलो लट मा कोरोना पोजेटिव रहेका २९ जना मध्येका १४ दिन पछि स्वाब परिक्षण गरेपछि उनी हरु मध्येका २२ जना लाई मंगलबार रिपोर्ट नेगेटिव आएपछि उनिहरु लाई घर फिर्ता गरिएको छ । अरु ७ जना लाई पुनः आईसुलेसनमा नै राखिएको आईसुलेसन का डाक्टर राहिन्द्र पाण्डेले बताए । उनी हरु लाई अझै घरमै होम आईसुलेसनमा बस्न सुझाव समेत दिएको छ । रंगेली मा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रंगेली नगरपालिकाले आफ्नै नागरिकलाई सुरक्षा दिन जनता क्याम्पसमा आइसोलेशन स्थापना गरिएको थियो । नगरपालिकाले चैत्र महिनामा स्थापना गरेको क्वारेन्टाइन लाई रुपान्तरण गर्दे आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको हो ।

सङ्क्रमण बढदै गएपछि बिभिन्न स्थानमा रहेका आईसोलेसनहरु भरिदै गएपछि आईसोलेशन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो । मापदण्डअनुसार रंगेली नगरपालिकाले क्याम्पसलाई नै १०० शैयाको आईसोलेशन अस्पताल को स्थापना भएको घोषणा गरेको छ । उक्त आईसोलेशनमा अहिले ५४ जना कोरोना पोजेटि भ रहेका छन् । अहिले रंगेली मा ४७ जना कोरोना निको भएर घर फर्किएको डाक्टर पाण्डेले बताए ।आईसुलेसनमा अक्सिजन सिलिण्डरको व्यवस्था, संक्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाईमा प्रयोग गरिने सामाग्रीको उपलब्धता, शौचालय तथा पानी आपूतिको व्यवस्थापनसहित, स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट रोहिन्द्र पाण्डे सहित दुईजना एचए २४ सैं घण्टा अस्पतालमा रहने व्यवस्था को नेतृत्वको चिकित्सक टोलि परिचालन समेत गरिएको मेयर बगडीयाले बताए ।

आईसोलेशन सुरक्षा र सतर्कतामा ध्यान दिनका लागि सुरक्षाकर्मीसहितको टोलि समेत रहेको छ । क्याम्पसको आईसोलेशन अस्पतालमा रहेका बिरामी हरुलाई तीन पटक चीया र बिस्कुट, बिहान र बेलुका खाना र स्याउ गरी दुईवटा फलफुल समेत उपलब्ध गराउने गरिएको बताए ।

नगरपालिकाले भदौ कोरोना रोकथाम तथा नियन्त्रण का लागि भदौ १० गतेसम्म बडा नम्बर ४,६,७ को केहि भाग पुर्ण रुपमा सिल गरिएको छ भने बाँकी बडा हरु लकडाउन गर्ने निर्णय समेत गरेको छ । यता कोरोना नेगेटिब आएर घर फर्किएकाहरु ले भने नगरपालिकाले आफ्नै स्थानमा यसरी आईसुलेसन बनाएको मा धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!