सिरहा जिल्लाको मिर्चैया नगरपालिका अन्तरगत पर्ने वडा नं.१० र वडा नं. २ मा क्यान्सर पिडित तथा दैनिक मजदुर गरी परिवार पाल्ने गरिब परिवारलाई दहेज मुक्त मिथिला अभियान नेपालद्वारा क्यान्सर पिडित तथा विपन्न परिवारलाई आर्थीक तथा खाद्यान्न सामग्री सहयोग गरिएका छन । “बेटा बेटी एक समान” मुल नराको साथ दहेज मुक्त मिथिला अभियान नेपालद्वारा एक जना ब्लड क्यान्सर पिडित र विपन्न ३ घर परिवारलाई प्रति परिवारलाई चामल १५ केजी , दाल १ केजी ,आलु १ केजी,तेल १ लिटर, नुन १केजी र साबुन ४ पिस खाद्यान्न सामग्री तथा आर्थीक सहयोग हस्तान्तरण गरिएको दहेज मुक्त मिथिला अभियान नेपालका अध्यक्ष देव कापर(ललन)ले बताए । अध्यक्ष कापरले भने मानवसेवा नै ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको बताए ।
त्यसै गरि दहेज मुक्त मिथिला अभियान नेपालले सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१० मा बस्दै आएका ब्लड क्यान्सर पिडित शिव नन्दन कापरलाई नेपाली रु २०१५५ आर्थीक र मिर्चैया नगरपालिका वडा नं. २का पैरालिसिस बिरामी बिपतियाँ सादालाई नेपालि रु ५००० आर्थीक र खाद्यान्नमा चामल १५ केजी , दाल १ केजी ,आलु १ केजी,तेल १ लिटर, नुन १केजी र साबुन ४ पिस खाद्यान्न सामग्री र मिर्चैया नगरपालिका वडा नं.२ का पवित्री देवी कापरलाई रू १५०० र खाद्यान्न सामग्री र स्व. बिनोद महराको श्रीमतीलाई रू १५०० आर्थीक र खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेका छन ।