मंगलबार, भाद्र ०२, २०७७ || 749  पटक पढिएको

केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन : एक लाख नाघेको छ । आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ ।

छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार भने उकालो लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९९२ डलर मा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!