मंगलबार, भाद्र ०२, २०७७ || 718  पटक पढिएको

बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा ८–२ को लज्जास्पद हार ब्यहोरेको तीन दिनपछि बार्सिलोनाले म्यान्चेजर क्वीके सेटिनलाई बर्खास्त गरेको छ । नेदरल्याण्डका म्यानेजर रोनाल्ड कोम्यानले न्यु क्याम्पमा सेटिनको स्थान लिने अपेक्षा गरिएको छ । कोम्यानले सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनामा खेलाडीका रुपमा आबद्ध थिए ।

रियल बेटिसका पूर्वम्यानेजर ६१ वर्षीय सेटिन गत जनवरीमा बार्सिलोनका म्यानेजर नियुक्त भएका थिए । उनले मात्र २५ खेलमा बार्सिलोनाको नेतृत्व गरे । उनको नेतृत्वमा बार्सा यो सिजन लिगमा पनि रियल म्याड्रिडभन्दा ५ अंकले दोस्रो स्थानमा सिमित बन्यो । क्लबले केही दिनमा नै नयाँ प्रशिक्षकको घोषणा गर्ने जनाएको छ ।

बार्सिलोना पछिल्लो ५ वर्षमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको यो चौथो पटक थियो । बायर्नसँग पराजितपछि सेटिनले ‘अब पुनर्मूल्यांकन गरेर भविष्यबारे निर्णय लिनुपर्ने’ बताएका थिए ।

सेटिनलाई बर्खास्त गर्दै बार्सिलोनाले क्लबको पुनर्निर्माणमा यो पहिलो निर्णय भएको बताएको छ । यसको जवाफमा डिफेन्डर जेरार्ड पिकेले क्लबमा परिवर्तन ल्याउनका लागि आफू क्लब छाड्नका लागि तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!