आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको छ ।

४४ वर्षीय बिनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन वील्शायर टाइम्सले उल्लेख गरेको छ ।

फैसला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका साथ् काम गरेको भए पनि उनले बालिकामाथि अस्वस्थ चाहना राखेको बताएका थिए ।

घटना गत वर्ष सन् २०१९ को जुलाईमा घटेको थियो । आफ्नो बच्चा लिन रेल्वे स्टेशन पुगेका राइले ति १३ वर्षीय बालिकालाई समेत गाडीमा राखेर संगै लिएर आएका थिए । उनलाई स्टेशनबाट ल्याउनको लागि अविभावकले अनुमति नदिएको बालिकाका अविभावकले बताएका छन् ।

आफ्नो घरमा आएपछी गाडी पार्क गरेर उनि ड्राइभर सिटबाट बाहिर निस्किए र पछाडिको झ्याल खोले जहाँ ति बालिका बसेकी थिइन् । राईले ति बालिकाको छातीका संवेदनशील अंगमा सुम्सुम्याउने र पछाडी ढल्किन भन्दै उनको खुट्टाको बीचमा हात राख्ने प्रयास गरेका थिए । सोहि समयमा ति बालिकाको बुबाले उनलाई बोलाएपछी सो घटनाक्रमको अन्त भएको थियो ।

तर, राईले भने आफूले गल्ति नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । राईको चरित्र राम्रो रहेको र उनले विशिष्ट रुपमा देशको सेवा गरदै आएको बताइएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेका कारण उनले आफ्नो जागिर तथा आवास गुमाउनुका साथै बेलायतमा बस्न पाउने कानूनी अधिकार समेत गुमाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!