मंगलबार, भाद्र ०२, २०७७ || 522  पटक पढिएको

कपुरकोट गाउँपालिका १ की दिलमाया घर्तीले तरकारी खेती गर्न थालेको बाह्र वर्ष भएको छ । उहाले चार रोपनी जग्गामा टमाटर, सिमीलगायत तरकारी लगाउँदैआउनुभएको छ । उहाँले भन्नुभयो, तरकारी बिक्री गरेर वार्षिक आठ लाख कमाइ गरेको छु ।

कपुरकोटकै उज्जर सिङ पुनले यस वर्ष पाँच रोपनीमा अदुवा खेती र पाँच रोपनीमा टमाटर खेती गर्नुभएको छ । उहाले वार्षिक छ लाख कमाइ गरेको बताउनुभयो । उहाँ कपुरकोट क्षेत्रको प्रतिनिधि पात्र हुनुहुन्छ । यहाँका अधिकांश किसान मौसमी बेमौसमी तरकारी खेतीमा सहभागी भएका छन् ।

बन्दाबन्दीले जेठको मध्यसम्म तरकारी बिक्री नभएर समस्यामा परेका सल्यान कपुरकोटका किसानहरू तरकारीले उचित मूल्य पाएपछि अहिले दङ्ग छन् । बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिएको कपुरकोटमा कोरोना सङ्क्रमणबाट जोगिन सुरक्षा सावधानीसहित तरकारी बिक्री वितरण भइरहेको छ । कपुरकोट(३ का खडकबहादुर वली कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा तरकारी बिक्री हुँदैन कि भनेर चिन्तित हुनुभएको थियो । उहाँले भन्नुभयो, ुतर अहिले तरकारी बजार सञ्चालन भएपछि यहाँका किसानलाई तरकारी बिक्री गर्न भ्याइनभ्याई छ ।ु

कपुरकोट कृषि उपज बजार केन्द्रमा बन्दाबन्दीको समयमा पनि २४ हजार २३२ क्विन्टल तरकारी जिल्लाबाहिर निकासी भएको छ । कोरोना भाइरसबाट जोगिन सुरक्षा सावधानी अपनाएर तरकारी बिक्री वितरण भएको छ ।
कपुरकोट तरकारी बजार सङ्कलन केन्द्रका सचिव तिलक शर्माले बन्दाबन्दीका कारण सुरुमा तरकारी बिक्री नहुँदा किसान समस्यामा परेपनि अहिले भने तरकारीले उचित मूल्य पाइरहेको बताउनुभयो । उहाँका अनुसाु तीन महिनाको अवधिमा छ करोडभन्दा बढीको ताजा तरकारी निकासी भएको छ ।

तरकारी ढुवानी गर्दा बाहिरी जिल्लाबाट कामदारहरू ल्याउन नपाइने र तरकारी बोक्ने गाडीको परीक्षण तथा सुरक्षित सामग्रीको प्रयोग गरेर मात्र पठाउने कपुरकोट गाउँपालिकाले व्यवस्था गरेको छ । कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले सङ्क्रमण नफैलियोस् भनेर व्यक्तिहरूको विवरण खुलाई गाउँपालिकामा सिफारिस गर्ने र स्वास्थ्य शाखासँग समन्वय गरेर कपुरकोट कृषिबजार सञ्चालनमा आएको बताउनुभयो । उहाँका अनुसार किसानका तरकारी बिक्रीलाई सहज बनाउन र कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाइएको खबर आजको गोरखापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!