कोरोना भाइरसका कारण ऐतिहासिक इन्द्रजात्रा प्रभावित भएको छ । योपल्ट काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको गुुठी संस्थानले जनाएको छ ।

गुठी संस्थान काठमाडौँ शाखा प्रमुख हरिप्रसाद सुवेदीका अनुसार नेपाल सरकारले जात्रापर्व सञ्चालन नगर्न, नगराउन गरेको आदेशलाई कार्यान्वयन गर्दै योपटक इन्द्रजात्रा स्थगित गरिएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो काट्ने साइतका लागि यही भदौ ४ गते ११ः२५ बजे तोकेको थियो । यही रात ९ः२५ बजे रुख काटेपछि भदौ १० गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराउने साइत दिएको थियो भने १४ गते इन्द्रध्वजोत्थानको साइत तोकिएको थियो ।

तत्कालीन राजा जयप्रकाश मल्लले चलाएको यसै सन्दर्भको श्रीकुमारी रथ यात्रा पनि स्थगित गरिएको छ । श्रीतुलजा भवानी, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पुजन हुन्छ तर रथ यात्रा हुँदैन, सुवेदी भन्नुहुन्छ । यस्तै झन्डै २५२ वर्ष अघिदेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा यो वर्ष रोकिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!