सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच संवैधानिक आयोगका रिक्त पदाधिकारी र सदस्यको नियुक्तिका सम्बन्धका छलफल भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकसँग संवैधानिक आयोगमा नियुक्तिका सन्दर्भमा छलफल गरेका हुन् ।

यसअघि उक्त विषयमा काँग्रेससँग एकल छलफल गर्दै आएका प्रधानमन्त्री ओलीले सोमबार भने आफ्नो पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि सामेल गराएका थिए । ओलीले संवैधानिक आयोगहरूको गठन र त्यसलाई पूर्णता दिन उदासीनता देखाएको भन्दै उनको नियतमाथि प्रश्न उठिरहेको बेला सरकार र प्रतिपक्षीबीच छलफल अगाडि बढेको हो ।

सोमाबरको छलफलमा प्रधानमन्त्री ओलीले संवैधानिक निकायका रिक्त रहेका सबै पदका विषयमा छलफलको प्रस्ताव अगाडि सारेका थिए । त्यसमा छलफल अगाडि बढाउन देउवा पनि राजी भएका थिए ।
काँग्रेस नेता लेखकका अनुसार नेकपा अध्यक्ष प्रचण्डले यस विषयमा पार्टीभित्रै थप छलफलको अवश्यकता रहेको भन्दै मंगलबारका लागि समय मागेपछि आजको छलफलमा कुनै सहमति हुन सकेन । भोलि थप छलफल गर्ने सहमति गरेर नेताहरु उठेका थिए ।

पदाधिकारी रिक्त तीन वटा विश्वविद्यालयका विषयमा पनि नेताहरुबीच छलफल भएको थियो । ओली, प्रचण्ड र देउवाबीच आयोगका पदाधिकारी र सदस्यमा भागबण्डा टुंगो लागिसकेपछि मात्र संवैधानिक परिषद्को बैठक राखेर निर्णय लिने बुझिएको छ ।

रिक्त संवैधानिक आयोगहरु
संविधान बनेको ५ वर्ष हुनै लाग्दा पनि १३ संवैधानिक आयोगमध्ये १० वटामा ३९ पद रिक्त रहेको अवस्था छ । मधेसी, थारू र मुस्लिम आयोगमा अध्यक्ष मात्र नियुक्त गरिएको छ ।
मधेसी, थारू र मुस्लिम आयोगमा २०७५ चैतमा अध्यक्ष मात्रै नियुक्त गरिएको थियो । यी तीनै आयोगमा चार–चार जना सदस्य रिक्त हुन बाँकी छन् ।

प्राकृतिक स्रोत तथा वित्त आयोग पनि अध्यक्षको भरमा चलेको छ । यस्तै प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुक्त भए पनि अन्य चार सदस्य पद रिक्त छ ।
समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि पदाधिकारीविहीनको अवस्था छ । समावेशी आयोगका अध्यक्ष सुवेदीले राजीनामा दिइसकेपछि उक्त आयोगमा एक सदस्य मात्र छन्, अध्यक्षसहित बाँकी चार पद रिक्त छन् ।
साभार :रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!