हिपमत डटकम
काठमाडौं,२६ पौष :इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ ।
इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’

वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ । इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो ।
तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो ।
अमेरिकी मिडियाले यस अघिनै विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!