सोमबार, भाद्र ०१, २०७७ || 598  पटक पढिएको

नेपाली सेनाका सहायकरथी प्रयोगजङ राणा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम शर्मालाई सैनिक समरी अदालतले सेवाबाट हटाउने निर्णय गरेको छ । बीरेन्द्र सैनिक कार्य तालिम केन्द्रमा कार्यरत रहंदा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई सेवाबाट हटाउने निर्णय गरेको सैनिक मुख्यालयले जनाएको छ ।

उनीहरुलाई १ कारेड ७२ लाख जरिवाना गराउने निर्णय गरेको पनि सेनाले जनाएको छ । अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेकोू अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी राणा, महासेनानी सिल्वाल र प्रमुख सुवेदार विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको पनि सेनाले जनाएको छ ।

साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे अवकाश प्राप्त लाई सफाई दिने गरी फैसला भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!