शनिबार, पौष २६, २०७६ || 1003  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,२६ पौष :१ नम्बर प्रदेश अन्तर्गतका ३ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । हिजो राती पौने १० बजेको समयमा झापाको मेचीनगर नगरपालिका(७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई ग्एद्दछम्ज्ञटढघ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक बारा काँकडी(७ बस्ने बर्ष ४० को रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक देश भारत जिल्ला मधुबनी बस्ने वर्ष ४८ को नरेश कुमार यादब ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा रहेका छन् ।
यसैगरी झापाकै दमक नगरपालिका(४ कृष्ण मन्दिर अगाडी पूर्व पस्चिम राजमार्गमा आज बिहान साढे ६ बजेको समयमा पूर्वबाट पस्चिम तर्फ जादै गरेको मे १ क ६४९ नम्बरको टिपरले स्थानीय बर्ष ६९ की तुलसा गौतमलाई ठक्कर दिएको थियो । ठक्रबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिने टिपर ,टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका(९ बस्ने बर्ष ४० कृष्ण बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिक( ८ एसपीमोर्ड स्थित भेडेटार स्थित बुधबारे सडक खण्डमा टेलर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजेको समयमा ना।७ ख। ७९१७ नम्बरको टेलरमा स्काईभेटर लोड गरी राजारानी धनकुटा बाट छ नम्बर बुधबारे जादै गर्दा ट्रनिङ मोर्डने क्रममा टेलर अनियन्त्रित भई सडकको छेऊमा पल्टना गई बर्ष ३५ को सहचालक राजकुमार राईलाई सोही टेलरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । टेलर चालक संखुवासभाको धर्मदेवी नगरपालिका(९ आँखिभुई बस्ने बर्ष ३१ को बिन्दुराज महत ईलाका प्रहरी कार्यालय राजारानीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!