शनिबार, पौष २६, २०७६ || 911  पटक पढिएको

हिपमत डटकम
सोलुखुम्बु, २६ पौष:सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका(४ सनासा र फोर्त्सेको बाटोमा राखेको काठको रेलिङ भाचिएर तल झर्दा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो पौने ३ बजेको समयमा सोही गाउँपालिका(४ फोर्त्से ठागा घर भएका बर्ष ४० को पाल्देन शेर्पा नाम्चे हाट गएर घर फर्कने क्रममा वाटोको किनारामा रहेको काठको रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर बाटोबाट १०० मिटर तल खसे पश्चात उनलाई उपचारकोलागी खुन्दे अस्पताल खुम्जुङमा पुर्‍याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!