आइतबार, साउन ३२, २०७७ || 551  पटक पढिएको

जिल्लाको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए ।

अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।

अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनको भनाई छ । रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!