हिपमत डटकम
विराटनगर, २६ पौष :आफ्नो देशको कला सस्कृतीलाई बचाउनु पर्छ भन्ने उद्देश्य सहित खुशी ईभेण्ट्सको प्रस्तुतिमा मौलिक कौडा गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘प्रदेशिको माया’ बोलको गीतमा चर्चित गायिका चिजा तामाङ र अर्का चर्चित गायक बिमल परियारको सुमधुर स्वर रहेको छ । मौलिक गोर्खाली ठाडो भाका गाएर चर्चामा रहेकी गायिका चिज तामाङ्गले यसपाली भने गायक बिमल परियारसंग परदेसीको माया लगाएकि हुन् । चर्चित सर्जक शिव हमालको शब्द तथा बिमल परियारको संगीत रहेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

गीतको भिडियोलाई चर्चित निर्देशक दीप गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । सार्बजनिक भिडियोलाई तनहुँमा अवस्थित बन्दिपुरको रमणीय स्थलहरुमा छायांकन गरिएको छ । पश्चिमन्चल सास्कृतिक केन्द्रको पर्दामा निर्माण गरेको यो म्युजिक भिडियोलाई मधुर बस्नेतले खिचेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोमा आनन्द गुरुङ र गुरुङ्ग चलचित्रकि चर्चित नायिका रिया गुरुङ्गको जिवन्त अभिनय हेर्न सकिन्छ ।

निर्देशक गुरुङ्गले गीतमा मौलिक कलासस्कृतिलाई मध्यनजर गरि फरक शैलीमा निर्देशन गरेका छन् । भिडियोलाई खुसि ईभेन्टसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्बजनिक भिडियोको प्रस्तुतकर्ताको रुपमा रहेको खुशी ईभेन्ट्सकी संचालिका समाज सेवामा पनि निकै सक्रिय छिन भने खुशिले हङकङमा नेपालबाट विभिन्न नया तथा चर्चित कलाकार लगेर कार्यक्रमहरु गर्दै आईरहेकी छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!