शनिबार, साउन ३१, २०७७ || 1027  पटक पढिएको

चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ ।

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७.६२ मिटर माथि पुगेको छ । देवघाटमा ७.३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ ।

यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११.३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ । केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ । यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै साइरन बजाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!