पछिल्लो समय कोरोनाको कहर देशभरि नै बढ्दो क्रममा छ। प्रदेश न. एकको राजधानी बिराटनगरमा कोरोनाले बिकराल रुप घारण गरिसकेको छ। बिराटनगरको अधिकांश अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी एवम कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ। बिराटनगरको ठुलो अस्पतालको रुपमा रहेको नोबेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवम कर्मचारी गरि कुल १० जना कोरोना संक्रमित नोबेल अस्पतालमा मात्र पुगेको छ। बिराटनगरको ठुलो अस्पतालको रुपमा रहेको यस नोबेल अस्पतालमा प्रदेश एक र दुई लगायत अन्य स्थानबात हजारौ मानिसहरु यस अस्पतालमा उपचार गराउन आउने गर्दछ र भिडभाड पनि निकै नै भएको कारणले जनमानसमा त्रास पैदा भएको छ। नोबेल अस्पतालबाट हालसम्म ३५७ जनाको स्वाब संकलन भएको छ। अस्पातलले सेवा दिरहदा निकै नै सावधानी पुर्वक सेवा प्रदान गर्नु पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!