शनिबार, साउन ३१, २०७७ || 558  पटक पढिएको

सडक विभागले गत आर्थिक वर्षमा देशभरका विभिन्न जिल्लाका सडकमा गरी झण्डै डेढ सय पुलको मर्मत गरेको छ । नेपाल सरकार आफ्नै लगानी र कतिपय स्थानमा दातृ निकायको सहयोगमा पुराना पुलको मर्मत भएको हो ।

पुराना र जोखिमयुक्त पुल भएका स्थानमा नयाँ पुल राखेर पुरानो हटाउँदै जाने नीति रहेको सडक विभाग, पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए । भूकम्पका कारण क्षतिग्रस्त बनेका पुलको समेत मर्मतको काम भइरहेको छ । विगतमा निर्माण भएका कतिपय पुल एक लेन हुने गरेकामा अहिले दुई वा चार लेनको पुल बनिरहेका छन् । उनले भने, “पुराना र साँघुरा भएका स्थानमा त्यसको मर्मत र नयाँ निर्माण दुवै भइरहेको छ ।”

विभागले दुई वर्षयता झण्डै डेढ सय पुल मर्मत गरिरहेको छ । विश्व बैंकले अध्ययन गरिरहेको पतलैया–ढल्केबर सडकमा पुल पुराना र साँघुरो रहेको उपमहानिर्देशक भट्टराईले जानकारी दिए । त्यहाँका झण्डै ७० पुल चार लेनमा निर्माण गरिने योजना बनाइएको छ । कतिपय स्थानमा विभाग आफैँले पनि मर्मतका लागि योजना बनाइहेको छ । सिद्धार्थ राजमार्गमा राम्दी पुललाई मर्मत गर्ने कार्यक्रममा रहेको छ । मुग्लिनमा नयाँ पुल बनिसकेर प्रयोगमा आएको छ भने त्यस छेउमा पुरानो पुल रहेको छ । उनले भने, “पुरानो पुल पनि मर्मत गर्न यो वर्षको कार्यक्रममा उल्लेख छ ।”

देशभरका सडक योजनामा जहाँजहाँ ठूला मर्मत गर्नुपर्छ त्यहाँ सडक विभाग, पुल महाशाखा आफैँले गरिरहेको छ । साना मर्मतका लागि पुल महाशाखा अन्तर्गतका चार कार्यालयलाई बजेट छुट्याइएको छ । आगामी आवमा दुई हजार मिटर पुलको मर्मत गर्ने लक्ष्य लिइएको छ ।
सभार : रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!