
हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ । दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।हामिले यो समाचार तयार गर्दै गर्दा फिल्मको उक्त ट्रेलरलाई हेर्नेको संख्या २ दिनमा ३ करोड ६८ लाख ९६ हजार माथी छ । तर, नसोचिएको बिडम्बना । ट्रेलरलाई डिसलाईक गर्नेहरु मात्रै झन्डै १ करोड पुग्न लागिसकेको छ । अर्थात ९० लाख बढी डिसलाईक आईसकेको छ । यसरी डिसलाईक आउने क्रम हरेक सेकेन्ड सेकेन्डमा हजारौंको हाराहारीमा छ । यता लाईक गर्नेको संख्या भने ४ लाख ८४ हजारको माथी मात्रै छ ।

