रुस संसारको पहिलो कोरोना भ्याक्सिन बजारमा ल्याउनका लागि तयार छ, भलै यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षामाथि केही विशेषज्ञले शंका गरेका छन् । रुसको भ्याक्सिन माथि शंका गर्नेहरुका अनुसार यो भ्याक्सिनको ट्रायल दुई महिनाभन्दा पनि कम समयका लागि गरिएको थियो र यस्तोमा मानिसहरुका लागि यो सुरक्षित छ भनेर घोषणा गर्न हतार त गरिएको होइन ?

मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोभिड–१९ को पहिलो भ्याक्सिन तयार गरेको र यसले सबै आवश्यक परीक्षण पार गरेको घोषणा गरे । साथै, यो भ्याक्सिनले कोरोनाविरुद्ध प्रतिरोधी क्षमता प्रदान गर्न सफल भएको पनि जानकारी दिए । रुसले यो भ्याक्सिनको नाम सोभियत संघद्वारा लञ्च गरिएको संसारको पहिलो उपग्रहको यादमा ‘स्पूतनिक भी’ राखेको छ । यद्यपि, यो भ्याक्सिनले अहिलेसम्म तेस्रो तरणको ट्रायल पूरा गरेको छैन जसमा हज्जारौं व्यक्तिहरुमाथि व्यापक मात्रामा परीक्षण गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी २ सय बढी उम्मेद्वार छन् जसले कोरोनाभाइरसको भ्याक्सिन तयार गरेको दाबी गरेका छन् तर तीमध्ये करिब २४ यस्ता भ्याक्सिन छन् जसले मानिसमाथि ट्रायल गरिरहेका छन् ।

कति ट्रायल आवश्यक ?

नयाँ भ्याक्सिन पास हुनका लागि सामान्य रुपमा तीन चरणको ट्रायल पूरा गर्नुपर्छ ।  पहिलो चरणमा निकै कम मानिसहरुमा भ्याक्सिनको ट्रायल हुन्छ र उनीहरुलाई भ्याक्सिनको सिमित डोजमात्रै दिइन्छ । भ्याक्सिनको इम्युन रेस्पोन्स कस्तो छ र भ्याक्सिनका केही साइड इफेक्ट त छैन भन्ने जानकारी पाउनका लागि दोस्रो चरणमा मानिसहरुको संख्या बढाइन्छ ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण चरणमा भ्याक्सिन संक्रमित मानिसहरुमाथि कति प्रभावकारी छ भनेर हेरिन्छ । यो चरण औपचारिकताको रुपमा मात्रै पूरा गर्न सकिँदैन । यो सबैभन्दा महत्वपूर्ण चरण हो । इम्युनिटीमा भ्याक्सिनको असर यदि दोस्रो चरणमा नै देखिन्छ भने पनि तेस्रो चरणको ट्रायल महत्वपूर्ण मानिन्छ ।

एक वेबसाइटका अनुसार रुसी अनुसन्धानकर्ताले पहिलो र दोस्रो चरणको ट्रायल अगस्टको सुरुवातमा नै पूरा गरेको थियो त्यसपछि भ्याक्सिनको प्रतिक्रिया निकै राम्रो भएको र मानिसहरुमा यसको कुनै नकारात्मक असर नभएको दाबी गरिएको छ । तर यससँग सम्बन्धित कुनै विस्तृत रिपोर्ट यी अनुसन्धानकर्ताले जारी गरेनन् ।

अझ, उनीहरुले तेस्रो चरणको ट्रायल ब्राजिल, मेक्सिको, साउदी अरब र संयुक्त अरब इमिरेट्समा गरिने दाबी गरेका छन् ।

यसको अर्थ स्पष्ट छ कि रुसले यो भ्याक्सिनले ट्रायलको तेस्रो चरण अहिलेसम्म पूरा गरेको छैन ।

वैज्ञानिकले पहिलो र दोस्रो चरणको रिपोर्ट सार्वजनिक नगरी भ्याक्सिन मानिसहरुका लागि सुरक्षित छ भनेर ठोकुवा गर्नु सही नभएको बताएका छन् । र तेस्रो चरणको ट्रायल नगरी नै भ्याक्सिनले काम गर्छ भनेर दाबी गर्नु पनि गलत भएको वैज्ञानिकको निष्कर्ष छ ।

संसारको प्रतिक्रियाः

एकातिर केही देशले रुसले हतार गरिरहेको, दौडमा जित्न मात्रै चाहेको, मानिसहरुको सुरक्षालाई किनारा लगाउँदै ट्रायल नै नगरी भ्याक्सिनलाई कसरी अनुमोदन गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् भने अर्कोतर्फ यस्ता देश पनि छन् जो रुसको भ्याक्सिनका लागि निकै उत्साहित छन् र उनीहरुले स्पूतनिक–भी नामको भ्याक्सिनमा अत्यधिक रुची देखाइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले आफूहरुले रुसी भ्याक्सिनको क्लिनिकल ट्रायलको समिक्षा गर्न चाहेको बताएको छ ।

संसारका अन्य देशका वैज्ञानिकले मात्रै होइन, रुसका केही सम्मानित वैज्ञानिकले पनि भ्याक्सिन विकसित भएको गती र पारदर्शिताको कमीमा प्रश्न उठाएका छन् र ट्रायल पूरा नगरी कुनै भ्याक्सिन बजारमा ल्याइएको छ भने यसले मानव जातिमा निकै गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच फिलिपिन्सले अक्टोबरमा भ्याक्सिनलाई बजारमा भित्र्याउन योजना बनाइरहेको जानकरी दिएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!