बलिउड नायक सोनू सूदले कोरोनाभाइरसका कारण लागू गर्नु परेको लकडाउनमा जुन उदारता देखाए त्यसले उनलाई मानिसहरुबीच हिरो नै बनाइदियो । एकातिर यी अभिनेताले आफ्नो यो कामको सिलसिला जारी राखेका छन् भने अर्कोतिर मानिसहरुले उनीबाट आशा राख्न छोडेका छैनन् । यसै आशामा एक विद्यार्थीले ट्वीट गरेर सोनूसँग किताब खरिद गर्नका लागि मद्दत गर्न आह्वान गरे । विद्यार्थीको यो समस्यालाई सम्बोधन गर्दै सोनू सूदले पनि मद्दतको हात बढाए ।
विद्यार्थीले ट्वीट गरेर भनेका थिए, ‘सर कृपया मलाई यूपीएससीको किताब खरिद गर्न मद्दत गर्नुहोस् । म यी किताबबिना तयारी सुरु गर्न सक्दिनँ । किताब दिलाउन मलाई मद्दत गर्नुहोस् ।’ विद्यार्थीको यो आग्रहमा सोनूले पनि ट्वीट गरेर उनीसँग उनको ठेगाना माग्दै किताब उनको ढोकासम्म आइपुग्ने बताएका छन् ।
Send me the address.. books will reach your doorstep. 📚 https://t.co/iX1uMzKs8h
— sonu sood (@SonuSood) August 13, 2020
यसअघि पनि सोनूले आवश्यकतामा परेका मानिसहरुलाई सक्दो सहयोग गरिसकेका छन् । केही दिन अघि एक किसान परिवारको भिडियो सार्वजनिक भएको थियो जसमा एक छोराले आफ्ना दुई छोरीलाई खेत जोत्न लगाएका थिए । सोनूले पनि मद्दत गर्दै उनीहरुलाई ट्र्याक्टर दिए । कतिपटक त मानिसहरुले उनलाई यत्तिकै पनि मद्दत मागिरहेका छन् । यसमा सोनूले पनि जवाफ फर्काएका छन् । उनले कसैलाई ठेस् नपुर्याइ निकै समझदारीले सबैलाई जवाफ दिँदै आएका छन् ।