शनिबार, पौष २६, २०७६ || 874  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पुस -२६:अन्नपूर्ण पोस्टको समाचार अनुसार प्रदेश नं-२ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरुले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरुले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् । केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् ।
नयाँ गाडी ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ । तर, उनीहरुले पुराना गाडी पनि छाडेका छैनन् । मुख्यमन्त्री लालबाबु रावतले मात्रै नयाँ किनिएको ज।१ झ ४५६ नम्बारको एउटा गाडी प्रयोग गर्छन् । आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन् । उनीहरुले पूरानो गाडी आफन्त, परिवार र कार्यकर्तालाई दिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!