बिहिबार, साउन २९, २०७७ || 3166  पटक पढिएको

पछिल्लो समय मोरङ जिल्लाको बिराटनगर महानगर पालिकामा हरेक दिन तिब्र रुपमा कोरोना संक्रमण फैलिदै गईरहेको छ। यो खवर तयार पारिरहदासम्म बिराटनगर महानगर पालिकामा कुल ३८२ जना कोरोना संक्रमित छन्। जस मध्ये ५ जनाको मृत्यु समेत भईसकेको छ। मोरङ जिल्ला भरि कुल ८ जनाले कोरोना संक्रमणको कारणले आफ्नो ज्यान गुमाएको छ जस मध्ये ५ जना बिराटनगर महानगर पालिकाको रहेको छ भने सुनवर्षि नगरपालिका ,रंगेली नगरपालिका र बुढिगंगा गाउपालिका गरि १/१ जनाले ज्यान गुमाई सकेको छ।

बिराटनगरमा कोरोना संक्रमित दिन दिने बढिरहदा संक्रमितहरुको उपचार मा निकै नै समस्या आएको छ। कोभिड १९ उपचार केन्द्रहरुमा शैयाको अभाव हुदा धेरै संक्रमितहरु घरमा नै असुरक्षित तरिकाले बस्न बाध्य छन्। यता प्रदेश सरकार र बिराटनगर महानगर पालिकाबीच जुहारी चलिरहेको छ। बिराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले प्रदेश सरकारलाई लक्षित गरेर सामाजिक संजाल फेसबुकमा (PCR को रिपोर्ट चाडो गराईदिनु पर्यो भनेर क-कसको चाकडि गर्नु पर्ने ? हरेक कुरामा असहयोग यो त अतिभो?) लेखेर आफ्नो असन्तुस्टी ब्यक्त गरेका छन्।

मेयर पराजुलीको आरोप छ कि प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचार गर्न प्रदेश सरकारले महानागरलाई असहयोग गर्दै आएको छ। बिराटनगर महानर पालिकाले आफ्नै लगानीमा बैजनाथपुरा स्थित २० बेडको आइसोलेसन सेन्टर समेत संचालनमा ल्याएको छ। यो आईसोलेसनले मात्र बिराटनगरलाई प्रयाप्त छैन अझै धेरै संक्रमितहरु घरमा नै बस्न बाध्य छन् न त सरोकार वालाको निगरानी छ न त सहयोग नै यसरि नै जाने हो भने समुदाय स्तरमा जाह कोरोनाले बिकराल रुप लिने देखिन्छ।

आज मात्र बिराटनगरमा नया कोरोना संक्रमित यति थपिएको छ। वडा गत बिवरण विराटनगरमा आज वडा नम्बर १२ र ९ मा ४/४ जना नयाँ संक्रमित , वडा नम्बर ८ मा ५ जना , वडा नम्बर १७ र ५ मा ३/३ जना संक्रमित र विराटनगर ६, २ र १० मा २/२ जना र विराटनगर ३ मा एक जना नयाँ संक्रमित थपिएका हुन् ।यो रिपोर्ट संगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!