बिहिबार, साउन २९, २०७७ || 530  पटक पढिएको

बार्सिलोनाका एक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नाम नखुलाइएका ती खेलाडी प्रिसिजन प्रशिक्षणमा सहभागी ९ जना मध्ये एक रहेको क्लबले जनाएको छ । उनमा कुनै लक्षण नदेखिएको र उनी हाल घरमा नै क्वारेन्टिनमा रहेका छन् । बुधबार एथलेटिक बिल्बाओका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसअघि भ्यालेन्सियाका दुई जना तथा एथ्लेटिको म्याड्रिडका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

बार्सिलोनाले ती खेलाडी सिनियर टोलीको सम्पर्कमा नआएको स्पष्ट पारेको छ । बिहीबार टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलका लागि लिसबन जाँदैछ । कोरोनाभाइरसका कारण च्याम्पियन्स लिगको अन्तिम आठ पछिका सबै खेल पोर्चुगलमा एक लेगमा खेलाइँदैछ । बार्सिलोनाले शुक्रबार बायर्न म्युनिखको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!