शनिबार, आश्विन ११, २०७६ || 2121  पटक पढिएको

पथरी ,
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाको अवसरमा वन उपभोक्ता समुहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथी प्रश्न उठाउदै सोही वडाका वडा अध्यक्ष सागर राईले समितिले अस्पष्ट प्रतिवेदन प्रस्तुत गरेको बताएका छन् ।
राईले भने–“नगरपालिका वाट आएको रकम भन्दा बढि आम्दानी देखाएर वनका पदाधिकारीहरुले उपभोक्ता र जनता झुक्याउन खोज्यो ।”
नगरपालिका वाट १ लाख ५० हजार सहयोग गर्ने कुरा भएपनि अहिले सम्म पारित नभएको तर प्रतिवेदनमा अस्पष्ट तरिकाले ५ लाख उल्लेख गरेको पाइएपछि स्पष्ट पार्न उनले वनका अध्यक्ष ईश्वर चौहान लाई आग्रह गरेका छन् ।
त्यस्तै राईले गत वर्ष वनले १८ सय क्युफिट काठ निकासा गरेको भएपनि सोको आम्दानी प्रतिवेदनमा उल्लेख नगरेकोमा आप्पत्ती जनाएका छन् । सो काठको मुल्य २५ लाख भन्दा माथी रहेको तर प्रतिवेदनमा उल्लेख नगरेको राईको भनाई रहेको छ ।
त्यस्तै गरी वनका पूर्व सचिव कृष्ण प्रसाद घिमिरेलाई २ लाख २७ हजार ७ सय २७ रुपैया पेस्की दिएको प्रतिवेदनमा उल्लेख भएपछि उनले सोको वास्तविकता उपभोक्ता सामु ल्याउन आग्रह गरेका छन् ।
त्यस्तै गरि उपभोक्ता ज्ञानेन्द्र राईले वनबाट निस्केको काठको पुरा विवरण नआएकोमा त्यो हिसाब देखाउनु पर्ने माग राखेका थिए ।
उक्त आरोपको खण्डन गर्दै वन समिती सचिव मैना फुयालले बन्दसत्र मार्फत सम्पुर्ण उपभोक्ताहरुको जिज्ञासा समेट्दै सम्पुर्ण हिसाब स्पष्ट पारेको टेलिफोन समपर्कमा वताईन ।
टेलिफोन समपर्कमा फुयालले भनिन्–“वडा अध्यक्षज्युले राख्नुभएको जिज्ञासको हामीले वन्द सत्रमा उपभोक्ता माझमा समपुर्ण हिसाव सार्वजनिक गर्यौ त्यसमा कुनै विवाद छैन् ।”
सम्वधित व्याक्ति र सरोकारवाला पक्षलाई आवश्यक परेको वेला कार्यालय समयमा हामी हिसाव देखाउन तयार छौँ फुयालले भनिन् । वडा अध्यक्ष ज्यूले सामाजिक विकासको क्षेत्रमा गरेको लगानीको विवरण माग्नु भएको छ त्यसको विवरण हामी ५ दिन भित्रमा दिन्छौँ ।
साथै आफुले कार्यभार सम्हाले देखि कुनै पनि आर्थिक अपारदर्शिता नरहेको र काठको निकासी पैठारीमा तलमाथी नभएकोमा सवै उपभोक्तालाई ढुक्क हुन समेत उनले आग्रह गरिन ।
साथै वनले आफ्नो ९ औ साधरण सभामा जेष्ठ नागरिक, अपांगहरुलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
शुक्रबार भएको सभामा गंगामाया पौडेल, पदमकुमारी खत्री, राममाया राई, जितरानी लिम्बू, किताबसंह राई लगाए ११ जनालाई नगदसहित सम्मान गरेको थियो ।
त्यसैगरी गरिव तथा जेहेन्दार ११ विध्यार्थीहरुलाई बर्ष्दिन पुग्ने कपि, डट, ब्याग र पोषाक छात्रवृतिको रुपमा वितरण भएको थियो ।
यसरी स्कुल सामाग्री पाउने विध्यार्थीहरुमा चेतन पौडेल, रोशनी धिमाल, सबिना चौधरी, विना लिम्बू लगायत रहेका छ्न ।
गत सालको एसइई परीक्षामा उत्कृष्ट हुने समीक्षा तिम्सिना र अस्मिता खड्कालाई वन समूहले सम्मान गरेको छ । समितिको अध्यक्ष ईश्वर चौहानको सभापतित्वमा भएको कार्यक्रममा १० जना अपांगता भएका व्यक्तिलाई समेत सम्मान भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट, १० नम्बर वडा अध्यक्ष सागर राई, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!